काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ अंक विन्दुमा आइपुगेको छ ।
आज ८५ लाख ४६ हजार कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटल्स् नेपाल (बालाजु)को १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
चिरख्वा हाइड्रोपावरको ८.५५%, धौलागिरी लघुवित्तको ६.६६%, गोख्राज फाइनान्सको ५.१६%, सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४%, लक्ष्मी उन्नति कोषको ४.२४%, नेपाल फाइनान्सको ३.२२%, रिलायन्स फाइनान्सको ३.०५%, सिक्लेस हाइड्रोपावरको २.५४%, प्रभु स्मार्ट फण्डको २.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।