काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ अंक विन्दुमा आइपुगेको छ ।
आज ८५ लाख ४६ हजार कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, जोशी हाइड्रोपावरको ११ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ११ करोड १ लाख, गोख्राज फाइनान्सको १० करोड ७५ लाख, ङादी ग्रुपको ८ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।