कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सेवा व्यवसाय विस्तार सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको समुपस्थितिमा कृषि विकास बैंक, केन्द्रीय कार्यालय, रामशाहपथमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त समरोहमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ॐ हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै उक्त छुट सुविधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन्।

समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

२०२४ माघ ७ गते स्थापना भइ बैंकि¥ सेवा प्रदान गर्दै आएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन। बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन भने १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान भैरहेको छ । आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स