जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९्८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यस्तै लघुवित्तले आर्थिक वर्ष २०७९ र२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स