सन सेक्युरिटिजद्वारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि. कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज काठमाडौं महानगरपालिका वडा.नं.०१ सँगको सहकार्यमा ‘सन विथ कम्युनिटि’ कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिजको कार्यालय नक्सालमा उक्त वडामा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।

कार्यक्रम अन्तर्गत सन सेक्युरिटिजले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ०१ का सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रम अन्तर्गत आजको कार्यक्रममा सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा ०१ भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सवज्र्ञ राज पौडेलले सन सेक्युरिटिजले काठमाडौं महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडाबासीहरु लाभान्वित हुने बताए । साथै सेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिजले यस काठमाडौं महानगरपालिका वडा नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सकोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।

उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई सेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स