नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहित ‘डिजिटल साहुजी’ सञ्चालनमा

काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो ।

डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ । डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ ।

डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ ।

यसबाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक
पर्दा तत्काल सहयोग गर्नेछ । त्यस्तै विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ । त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ जसले उनीहरुंलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ । यस योजनामा आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्नेछ ।

यसबाहेक कम्पनीले ग्राहकका लागि आधिकारिक प्रडक्ट्सको प्रतिबद्धता जनाएको छ । यसअनुसार ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिब गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ ।

त्यसका अतिरिक्त कम्पनीले ग्राहक सपोर्ट टिम खडा गरेको छ । जसले ग्राहकलाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउनेछ । यसले नामअनुसारको काम अर्थात् विभिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए ।

डिजिटल साहुजी औपचारिक रुपमै विविध ग्राहकमाझ सञ्चालनमा आएको जानकारी गराउँदै उनले भने, ‘हामी तपाईंको सपना पूरा गर्न आएका छौँ। आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो। हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ तपाईंको ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउनेछौँ । हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिबलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उनीहरुको शपिब, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पु¥याउने पनि हो।’

डिजिटल साहुजीले अथेन्टिक प्रडक्ट डेलिभरी गर्नेदेखि भरपर्दो व्यावसायिक सेवा उपलब्ध गराउने उनले बताए । उनका अनुसार डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरुको समस्याका लागि उपयुक्त समाधानहरुको वातावरण सिर्जना गर्ने र ग्राहकहरुलाई आफ्नै घरनजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ ।

डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टुमर सपोर्टको लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिनसक्ने सुविधा पाउनेछन् । खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन् ।

डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन् । कम्पनीले भनेको छ, ‘हामीले व्यवसायहरुलाई डिजिटलाइजेसन गराई व्यापार वृद्धि गर्न सहयोग गर्नेछौँ । हामी व्यवसायीहरुलाई एक्सचेन्ज एवं इन्स्योरेन्सको पनि सुविधा दिन्छौँ । इम्पोर्टरहरुले डिजिटल साहुजीसँगको सहकार्यमा बजारमा भएको बिक्री विवरण तथा बजारमा बढी र कम बिक्री भइरहेको सामानहरुका बारेमा वास्तविक तथ्यांक प्राप्त गर्न सक्छन् । त्यस्तै ग्राहकहरुका वास्तविक प्रतिक्रिया संकलन गरी आफ्नो सामानहरु मागअनुसार बजारमा पठाएर सामान गोदाममै थन्किने, समयमा पेमेन्ट नआउने लगायतका समस्याबाट उनीहरु मुक्त हुनसक्छन् ।’

डिजिटल साहुजीले विद्यार्थी र युवावर्गबीच व्यावसायिक तथा प्राविधिक तालिम प्रदान गरेर व्यापारिक परिदृश्यमा परिचित गराई उनीहरुलाई स्वदेशमै उज्वल भविष्य निर्माण गर्न र स्वरोजगार बनाउन सहयोग गर्ने संकल्प लिएको छ । डिजिटल साहुजीको साथमा व्यवसायीहरुले व्यावसायिक यात्रामा आउने कठिनाइहरुलाई चिर्दै आफ्नो व्यापार वृद्धि गर्न सक्नेछन् ।

डिजिटल साहुजीको उद्देश्य नै नेपालका व्यवसायीहरुलाई आफ्नो पूर्ण दक्षता हासिल गराउनु र ग्राहकहरुलाई ग्राहक केन्द्रित, विश्वासिलो र भरपर्दो अनलाइन शपिबको नयाँ अवसर प्रदान गर्नु हो । यसले सामान नपाउनु, एक्सचेन्ज सुविधा नपाउनु, डेलिभरीमा ढिलासुस्तीजस्ता समस्याहरुको समाधान गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स