कर्मचारी सञ्चय कोषको विभिन्न पदमा कर्मचारी माग (सूचना सहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि ३० जना कर्मचारी माग गरेको छ । कोषले पाचौं तहदेखि नवौं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाईनमार्फत दरखास्त आवेदन दिन सक्ने छन् ।

प्रमुख सहायक पदमा लिखित,कम्प्युटर,सीप परीक्षण तथा अन्तवार्ता र अन्य सबै पदहरुमा लिखित तथा अन्तवार्ता हुने कोषले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स