सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एम्.डी.आर.टी कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुई दिनको ‘एम.डी.आर.टी, २०२४ (मिलियन डलर राउन्ड टेबल)’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो ।

उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए । यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए, उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन् । उनले ‘संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्छ’ भन्ने प्रसँग जोडदै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्ने बताए ।

यससँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर; महजोडीद्वारा सिटिजन लिडरहरुलाई प्रेरणाका रुपमा ‘मान्छेलाई संगतले निकै असर गर्छ र सिटिजन परिवार भित्र एक्दमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्य प्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको देखेको बताए।

यस लगतै उक्त कार्यक्रममा, ‘एम्.डी.आर.टी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु (१९ जना एम्.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टि. (कोर्ट अफ दि टेबल) क्वालिफायरलाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताउदै सो सभामा उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गरे ।

उनले कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स