साढे ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख १८ हजार कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गोख्राज फाइनान्सको १४ करोड १ लाख, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख, एनआईसी एसिया बैंकको ६ करोड ४० लाख, ङादी ग्रुपको ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स