सामुदायिक र बिपीडब्लु लघुवित्त मर्ज भई एकिकृत कारोबार गर्ने मिति तय

काठमाडौं । सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्त एकआपसमा मर्ज भई एकिकृत कारोबार गर्ने मिति तय भएको छ । मर्जर तथा प्राप्तिपछि ‘सामुदायिक लघुवित्त’को नामबाट फागुन २४ गतेबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो ।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको सामुदायिकको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

राष्ट्र बैंकले १००ः०.८५३५ को अनुपातमा मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले ८५.३५ कित्ता सेयर पाउने छन् ।

नेपाल राष्ट्र बैंकले माघ २४ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन ९ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो ।

दुई लघुवित्तबीच २०७९ साल पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स