काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय रूपैयाँ कायम भएको छ ।