नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३७ वर्षमा प्रवेश, अब्बल बन्यो कम्पनी

काठमाडौं । निजी क्षेत्रको लगानीमा पहिलो पटक स्थापना भएको नेपाली जीवन बीमाको इतिहासमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । २०४४ साल फागुन १० गते स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्सले आज ३७ औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ । यो अवधिमा कम्पनीको कार्यकुशता नेतृत्वले गर्दा कम्पनी अब्बल बनेको छ ।

आम नागरिकलाई घरदैलोमा जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको यो कम्पनीले ३७ वार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता गरेको छ । बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले ३७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम राखेको छ । नेशनल लाइफ इन्स्योरेन्स करिब ४ दशकको यात्रा तय गर्दै गर्दा जीवन बीमा कोषको आधारमा तेस्रो र व्यवसाय वृद्धिदरको आधारमा दोस्रो ठूलो कम्पनी बनेको छ । आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति दर्शाएर कम्पनीले आम जनताको जीवन बीमालाई सरल र सहज बनाउँदै आएको छ ।

नेपाल सरकारको लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक मुख्य प्रबर्द्धक रहेको कम्पनीमा संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशतले सेयर संरचना रहेको छ । जीवन बीमाको दीगो लक्ष्य लिएर अघि बढिरहेको छ । पाँच अर्ब एक करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ चुक्ता पुँर्जी रहेको छ ।

पछिल्लो तथ्यांक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । हाल कायम १५ लाख ९२ हजार ७७६ (पुस मसान्तसम्म) वटा बीमा पोलिसी जारी रहेको छ । कम्पनीले पछिल्लो ६ महिनामा आठ अर्ब ६७ करोड बढि बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स