काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बोर्डले फागुन ९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ ।
यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।