विद्युतीय टयाक्सीमा भन्सार छुट हुनुपर्ने भन्दै टयाक्सी व्यवसायीले गरे प्रदर्शन

काठमाडौं । टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको बिरोध गरेका हुन् ।

उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गरिनुपर्ने, ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार तोकिनुपर्ने, निजी दुई तथा चार पाङ्गे् सवारी साधनहरूले भाडामा मान्छे ओसार्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम सुरु गर्नुपरेको ट्याक्सी व्यवसायीहरूको भनाइ छ ।

संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स