सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवाबाट सन्तुष्ट छन् ग्राहक, भन्छन्– ‘यसको जस्तो सेवा अन्यमा पाउन सकिएको छैन’

काठमाडौं । प्रज्ञा प्रतिष्ठानमा कार्यरत रञ्जन घिमिरेको सिटिजन्स बैंकमा २०६७ सालबाटै खाता थियो । उनको मात्रै होइन उनीसँगै प्रज्ञा प्रतिष्ठानमा कार्यरत ६५ जनाले एकै पटक सिजिटन्स बैंकमा खाता खोलेका हुन् । त्यहि खातामा उनको तलब जान्छ । पछि सिटिजन्स बैंकले प्रिभिलेज बैंकिङ खाता सञ्चालनमा ल्यायो । उनले त्यहि सेवा लिइरहेका छन् ।

सिटिजन्स बैंकले दिएको सेवाबाट सन्तुष्ट भएर उनले उनीसँगै उनका १० जना परिवार र आफन्त तथा साथीहरूको खाता समेत सिटिजन्स बैंकमै खोल्न लगाएका छन् । ३ वटा समूह र तीन जना साथीहरूको ज्वाइन्ट खाता पनि त्यहि खोलेका छन् । उनको बैंकमा आरडी (रिकरिङ डिपोजिट) पनि सञ्चालनमा छ । २/४ हजार रुपैयाँमात्रै भएपनि बैंकमा पैसा डिपोजिट गर्न जानु पर्दैन ।

‘बैंकबाटै कर्मचारी आएर पैसा डिपोजिट गरिदिन्छन्’, घिमिरेले भने , ‘त्यतिमात्रै होइन ,अझ बैंकमा ब्याज बढेको छ भने त आरडी खातामा भएको रकम समेत एक पटक सोधेर सिधै प्रिभिलेज खातामा सारिदिन्छन् । ब्याज घट्दा त्यति चासो नदिने बैंकले बढ्दा भने आफ्ना ग्राकहलाई पूर्ण रुपमा सेवा दिइरहेका छन् ।’

‘बैंकमा एटीएम तथा चेक बुक लिन जानु पनि पर्दैन, उहाँहरूले नै डेलिभरी गरिदिनु हुन्छ’, उनले थपे ‘दशैं तिहारमा नयाँ नोट साट्नेदेखि विदेश जानेलाई विदेशी विनिमय सेवा समेत राष्ट्र बैंककै दरमा उपलब्ध गराउने गरेको छ । मैले आफैले अमेरिकी तथा भारतीय रुपैयाँ नसाटे पनि अन्य साथीहरूले सहजै साटेका छन् । म बैंकले दिने सेवाबाट अत्यन्त प्रभावित भएको छु र त नि सबैलाई त्यहि खाता खोल्न लगाएको हुँ ।’

उनीमात्रै होइन बैंकको यस्तो सेवा लिदै आएकी पुतली सडककी नमिता शर्माले पनि सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ खाताबाट बैकिङ सेवा लिइरहेकी छिन् । मेकअफ स्टूडियो सञ्चालन गर्दै आएकी नमिता शर्माले सिटिजन्स बैंकमा प्रिभिलेज बैंकिङ खाता खोलेको करिब ४ वर्ष भयो । बैंकमा साधारण ग्राहक बन्न गएकी शर्मालाई बैंकले प्रिभिलेज सेवा दिने जानकारी दियो । बैंकले सो सेवा दिने भने पनि उनलाई त्यो खाताबाट के कस्तो सेवा र सुविधा पाइन्छ, केहि थाहा थिएन । बैंकका कर्मचारीले प्रिभिलेज बैंकिङ खाताबाट पाइने सबै सेवा सुविधाको वारेमा जानकारी गराए । त्यसपछि उनले त्यहि खाता रोजेर खाता खोलेकी हुन् ।

‘बैंकको सल्लाह अनुसार मैले सिटिजन्स बैंकमा प्रिभिलेज बैंकिङ खाता खोले’, उनले भनिन् ‘अहिले म बैंकमा जाँदा लाइन बस्नु पर्दैन, आतिथ्य सत्कारका साथै सहजै सेवा पाइरहेको छु । मैले अन्य ग्राहकले जस्तो बैंकको काउण्टरमा लाइन बस्नु पर्दैन । यसको लागि बैंकमा छुट्टै काउण्टरको व्यवस्था छ । म बैंकमा पुग्ने वित्तिकै बैंकका कर्मचारी (विवेकजी) आएर मलाई बैंकको तेस्रो तल्लामा लैजानु हुन्छ र चिया पानीका साथै मेच मै बसेर आतिथ्य ग्रहण गर्दै सेवा लिइरहेको छु’, उनले थपिन् ‘बैंकले विभिन्न बिजनेश पार्टनसँग सम्झौता गरेको हुन्छ । त्यहाँ कारोबार गर्दा आकर्षक छुटको पनि व्यवस्था गरेको छ ।’ उनले त्यस्तो सेवा पनि लिएकी छिन् ।

नमिताले सिटिजन्स बैंकमा प्रिभिलेज बैंकिङ खाता पुतली सडकमा लुजा मेकअफ स्टूडियो चलाउँदा नै खोलेकी हुन् । अहिले उनको नामी मेकअप स्टूडियो कमलादी सिटी सेन्टर अगाडि छ । लुजा बिक्री गरेर उनले तीन वर्ष अघि यो स्टुडियो खोलेकी हुन् । सिटिजन्स बैंकले दिएको यो सेवामा उनी अत्यन्त खुशी छिन् ।

बैंकले प्रिभिलेज बैंकिङलाई विशेष खाताभन्दा पनि यो खातामा दिने सेवा विशेष हो । कतिपय ग्राहकहरू हाईप्रोफाइल हुन्छन् त कतिपय ग्राहक धेरै निक्षेप भएका हुन्छन् । कतिपय ग्राहकहरू छुट्टै र विशेष सेवा लिन चाहनु हुन्छ । यस्ता ग्राहकसहित बैंकले निश्चित कारोबार गर्ने ग्राहकलाई छनोट गरेर प्रिभिलेज बैंकिङ सेवा प्रदान गरेको हो । युवाहरू, वृद्धवृद्धाहरूले प्रिभिलेज बैंकिङ सेवा लिइरहेका सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस थापाले बताए ।

प्रिभिलेज ग्राहकहरू सिधैं आएर निक्षेप जम्मा गर्न सक्ने छन् । चेक लिन, नगद झिक्न, नगद जम्मा गर्न लाइनमा नबसी प्रिभिलेज काउन्टरबाटै सबै काम छिटोछरितो हुन्छ । सिटिजन्स बैंकका १७ लाख ग्राहकमध्ये १५ हजारले यो सेवा लिइरहेका छन् । विशेष गरेर जेष्ठ नागरिक तथा रिटायमेन्ट कर्मचारीले यो खाता खोलेर सेवा लिने गरेको पनि बैंकले जानकारी दिएको छ ।

‘यो सेवामा थप सेवा शुल्क छैन । अन्य ग्राहकलाई जस्तै साधारण सेवा शुल्क तोकिएको हुन्छ । बैंकले प्रिभिलेज ग्राहकलाई एटीएम, मोबाइल बैंकिङ भिजा कार्डमा एक वर्षसम्म निःशुल्क सेवा दिन्छ । डलर सहटी, लकरमा छुट दिएको छ । होम बैंकिङ सेवा छ । कुनै ग्राहकले आउन सकिन आइदिनु पर्याे भन्नु भयो भने हामी घरमै गएर सेवा दिन्छौं । मान्छे बैंकमा आउने होइन, बैंक घरमा गएर सेवा दिइरहेको छ’, मार्केटिङ प्रमुख थापाले भने ।

उनका अनुसार स्थापनाकालदेखि बैंकको सेवा लिइरहेका ग्राहकले पनि प्रिभिलेज सेवा पाइरहेका छन् । उपत्यकाको हकमा ६ महिनामा २५ लाख रुपैयाँ डिपोजिट गर्ने ग्राहक बैंकको यो सेवाभित्र पर्छन् ।

बैंकले विभिन्न ८ वटा शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा प्रदान गरिरहेको छ । कर्पोरेट कार्यालय दरवारमार्ग, कमलादी, राजविराज, विराटनगर, बिर्तामोड, कालिकानगर, बुटवल र सिमलचौर शाखा कार्यालयबाट प्रिभिलेज बैंकिङ सेवा दिइरहेको छ । ती ठाउँमा बैंकले रिलेशनसीप म्यानेजर (आरएम) तोकेको छ । साथै, डेडिकेडेट रिलेसनसिप म्यानेजर (डीआरओ) पनि छुट्याएको छ ।

‘प्रिभिलेज ग्राहकलाई छुट्टै सेवा, डीआरओ, आरएम छुट्याइएको छ । बैंकमा लाइन नै नबसी उहाँहरूले छिटो छरितो सेवा पाउनु हुन्छ । जस्तो प्रिभिलेज ग्राहकले समस्या परेर म बैंकमा आउँदै छु भन्नु भयो भने उहाँहरूलाई तत्काल आवश्यक सेवा दिन्छौं’,थापाले भने, ‘सिटिजन्स बैंकले होम बेस सेवा पनि दिइरहेको छ । प्रिभिलेज ग्राहकले फोन गरेर चेक साटिदिनु पर्याे भन्नु भयो भने बैकले घरमै गएर सेवा दिने गरेको छ । जस्तो वृद्धवृद्धाहरूलाई घरमै गएर बैंकिङ सेवा दिने गरेका छौं ।’

पहिला यो सेवा लिने ग्राहकलाई बैंकले फोटो, खाता नम्बरसहितको प्रिभिलेज कार्ड दिने गरेको थियो । त्यो कार्ड लिएर बैंकको जुनसुकै शाखामा गयो भने लाइन बस्नु पर्दैन थियो। अहिले बदलिदो समय सँगै ग्राहकहरुले बोकेको मोबाइलबाटै सबै सेवा लिन सकिने भएको छ । अहिले मोबाइल बैंकिङमै प्रिभिलेज ग्राहक भनेर आरएम, डीआरएम नाम तोकेर राखेको हुन्छ । मोबाइलमा देखिने आरएम वा डीआरएमले नै आफ्नो ग्राहकलाई आवश्यक सेवा दिने गर्दछ ।

ग्राहकहरूले तोकिएका आरएममार्फत बिना झण्झट सेवा प्राप्त गर्न सक्छन् । होम सर्भिसको पनि व्यवस्था छ । बैंकले सरकारी उच्च तहका ग्राहक, कुनै कम्पनीका सीईओ, सञ्चालकलाई प्रिभिलेज बैंकिङ सेवा दिने गरेको छ । बैंकले सबै ग्राहकलाई कारोबार र पहिचानको आधारमा पनि सेवा दिइरहेको हुन्छ । बैंकले स्थान अनुसार ए, बि, सी, डी गरेर क्याटागोरी छुट्याएको छ । जसमा काठमाडौंभित्र एउटा क्याटागोरी छ । अनि काठमाडौं उपत्यकाबाहिरका शाखाको ठाउँ अनुसारको सीमा तोकिएको छ ।

बैंकका लागि सबै जना ग्राहकहरू बराबर हुन् । ग्राहकलाई सन्तुष्ट पार्नु बैंकको धर्म हो । बैंकले कुनै पनि ग्राहकलाई विभेद हुने गरी सेवा दिएको छैन । बैंकका लागि सबै जना ग्राहक बराबर हुन् । बैंकले ग्राहक गर्ने आतिथ्य सत्कार नै अन्यको भन्दा फरक छ । अन्य बैंकको तुलनामा सिटिजन्स बैंकको सर्भिस राम्रो छ भनेर ग्राहकहरूले प्रतिक्रिया दिएको बैंकले जनाएको छ । कतिपय ग्राहकहरू सिटिजन्स बैंकमा प्रिभिलेज बैंकिङ खोल्न खोज्दै आएको बैंकको भनाइ छ ।

साथै, बैंकले ग्राहकहरूको जन्मदिनको अवसरमा केक पठाउने गरेको छ । दशैंतिहार, तिज, अन्य चाडपर्वको बेलामा पनि गिफ्ट पनि पठाउने गर्दछ । बैंकले जुनसुकै ग्राहकलाई फोन गरेर जन्मदिनमा शुभकामना सन्देश दिने गरेको छ । प्रिभिलेज ग्राहक बैंकमा धेरै समयदेखि आउनु भएन भने फोन गरेर सन्चो बिसन्चो के छ भनेर सोध्छ । ग्राहकहरूले पनि बैंकले मलाई जन्मदिनको शुभकामना दियो, स्वास्थस्थिति बारे सम्झियो भनेर खुसी व्यक्त गरेको महसुस बैंकले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स