काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विगत चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा थियो ।
अमेरिकी डलरको मूल्य घट्दा अन्य धेरै विदेशी मुद्राको मूल्य भनेको बढेको छ । त्यसैगरी आज १ युरोपियन युरोको खरिदर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा थियो ।