काठमाडौं । आज सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबर नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ७६ हजार ८०३ पटक खरिदबिक्री हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ ।
आज १० ब्रोकर कम्पनीहरूको मात्रै दुई अर्ब ३८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
जसमा नासा सेक्युरिटिज्ले ३६ करोड ४० लाख ७१ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले १७ करोड ३१ लाख ४२ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १९ करोड ९ लाख २८ हजार रुपैयाँको सेयर बिक्री गरेको छ ।
बढि सेयर कारोबार गर्ने दोस्रो नम्बरमा अनलाइन सेक्युरिटिज्ले आज १० करोड ७४ लाख १९ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने कम्पनीले २४ करोड ९ लाख ५३ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीको ३४ करोड ८३ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
तेस्रो नम्बरमा भृकुटी स्टक ब्रोकिङ सेक्युरिटिज्को २८ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बढि सेयर कारोबार गर्ने भृकुटी सेक्युरिटिज्ले २१ करोड ८७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ७ करोड ४ लाख ५७ हजार रुपैयाँको सेयर बिक्री गरेको छ ।
त्यसैगरी स्टक ब्रोकर ओपल सेक्युरिटिज्ले १७ करोड ६५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने आज कम्पनीले ५ करोड १ लाख रुपैयाँको सेयर बिक्री भएको छ । कम्पनीको आज २२ करोड ६७ लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।
आज बढि सेयर कारोबार गर्ने भिजन सेक्युरिटिज्को २२ करोड ५१ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज ११ करोड ९५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १० करोड ५६ लाख ३७ हजार रुपैयाँको सेयर बिक्री भएको हो ।
त्यस्तै आज इम्पेरियल सेक्युरिटिज्ले ८ करोड १५ लाख ५५ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १३ करोड ७३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीको २१ करोड ८८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
बढि सेयर कारोबार गर्ने सानी सेक्युरिटिज्को २० करोड ६३ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले १० करोड ५५ लाख ६६ हजारको सेयर खरिद गरेको छ भने १० करोड ८ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
दिपशिखा धितोपत्र खबरले ८ करोड ९३ लाख ४४ हजार रुपैयाँको सेयर खरिद गरेर ९ करोड २१ लाख ५० हजार रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीको १८ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै आर्यतारा इन्भेष्टमेण्ट सेक्युरिटिज्को १८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कम्पनीले ७ करोड ५८ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १० करोड ५३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
लिन्च स्टक मार्केट सेक्युरिटिज्ले ६ करोड ६३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने कम्पनीले ७ करोड ८२ लाख ८३ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनी १४ करोड ४६ लाख ७० हजार रुपैयाँको सेयर कारोबार गरी टपटेनमा पर्न सफल भएको हो ।