कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष हिमालय विक्रम ठकुरी पक्राउ

काठमाडौं । सरकारले सरकारले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २९ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले फागुन ३ गते समस्याग्रस्त घोषणा गरेको हो ।

त्यस्तै, प्रहरीले कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको छ ।

कान्तिपुर सहकारीका सञ्चालकले बचतकर्ताको करिब ६ अर्ब ५० करोड रुपैयाँ दुरुपयोग गरेको पाइएको छ।

कान्तिपुर सहकारीमा करिब ७ हजार बचतकर्ता छन् । उनीहरुले ६ अर्ब १३ करोड बचत जम्मा गरेको पाइएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स