नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको साढे १ करोडबढी रकम चोर्ने राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी पक्राउ

काठमाडौं । नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको साढे १ करोडबढी रकम चोर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारी रोहित कुमार ओझालाई पक्राउ गरेको हो ।

नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सीआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

प्रहरीले आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स