काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय १० रूपैयाँ कायम भएको छ ।