नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्ट मारे बाजी

काठमाडौं । नेपाल आयल निगममा डा.चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्री परिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हाल भट्ट नेपाल विशेष आर्थिक क्षेत्र सेजमा कार्यरत छन् । उनले यस अघि पनि आयल निगमको निमित्त कार्यकारी निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका–१ डा.भट्टसँगै आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो । भट्ट चितवनको भरतपुर–१४ का ई. डा. डोलप्रसाद चापागाई र ललितपुर –२४ का शत्रुघ्नप्रसाद पुडासैनीलाई पछि मात्रै आयल निगम कार्यकारी निर्देशकको बाजी मारेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसारसमितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालय समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स