काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाख कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटलर्स नेपाल र समाज लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
साथै, साना किसान लघुवित्तको ८.२२%, युनिक हाइड्रोपावरको ६.६५%, आशा लघुवित्तको ६.०४%, मोलुङ हाइड्रोपावरको ५.५७%, खानीखोला हाइड्रोपावरको ५.४५%, कुथेली बुखेरी हाइड्रोपावरको ४.४४%, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ३.९०%, पंचकन्या हाइड्रोपावरको ३.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।