घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

काठमाडौं । बुधबार घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बुधबार बाँडफाँट गरिएको हो ।

कम्पनीले मंसिर १० गतेदेखि पुस १६ गतेसम्म दुई सय प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

न्यूनतम १५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आइतबारबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स