काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेडले सेयरधनीहरूलाई लाभांश घोषण गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।