भारतको औद्योगिक घराना अडानी ग्रूपले सञ्चालनमा ल्यायो संसारकै ठूलो हरित ऊर्जा पार्क, ८१ अर्ब युनिट विद्युत उत्पादन गर्न सकिने

काठमाडौं । संसार कै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु भएको छ । ग्रीन इनर्जी लिमिटेडले भारतको गुजरातमा रहेको ऊर्जा पार्कबाट ५ सय ५१ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याएपछि विद्युत उत्पादन सुरु भएको हो । देशको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी अडानी गू्रपले सञ्चालनमा ल्याएको उक्त सोलार प्लान्ट राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गरिने बताइएको छ ।

सो प्लान्टबाट ८१ अर्ब युनिट बिजुली उत्पादन गर्न सकिन्छ । अडानी ग्रूपका अध्यक्ष गौतम अडानीले अडानी ग्रीन इनर्जीले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा इकोसिस्टम सिर्जना भएको बताएका छन् । यो प्लान्टबाट १ करोड ६० लाखभन्दा बढी घर उज्यालो हुने कम्पनीले बताएको छ । उक्त विद्युतले वार्षिक १ं करोड ६० लाख टन कार्बन उत्सर्जन कम गर्ने अनुमान गरिएको छ ।

अडानी ग्रीन इनर्जीका अनुसार यो प्लान्टको काम एक वर्षमा सम्पन्न बताइएको छ । उक्त पार्कसम्म जानको लागि आवश्यक पूर्वाधा समेत तयार भएको गू्रपले भनेको छ । यो प्लान्टले करिब १५ हजार रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ । कम्पनीको यो प्लान्टमा करिब ८ हजार कर्मचारी कार्यरत छन् ।

यसबाट उत्पन्न हुने कार्बन उत्सर्जन करिब १ करोड २६ लाख युनिट कार सडकबाट हटाए बराबर अनुमान गरिएको छ । । यो प्लान्टलाई ३० गिगावाट क्षमतामा पुर्याउने कम्पनीको योजना छ ।

यसका लागि ५ वर्षको लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा भएपनित खावडा प्लान्ट विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्लान्ट बन्ने छ । भारतले सन् २०३० सम्ममा ५ सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न अडानी समूहले पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ । कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ४५ गिगावाट पुर्याउने लक्ष्य राखेको छ ।

अडानी ग्रीन इनर्जीसँग हाल ९ हजार २९ मेगावाट क्षमतामा सञ्चालित प्लान्टहरू छन्, जुन १२ राज्यमा फैलिएका छन् । कम्पनीको कुल उत्पादन क्षमता २० हजार ८ सय ४४ मेगावाट छ ।

ग्रूपले ग्रीड जडान भएको सौर्य, हावा र हाइब्रिड नवीकरणीय ऊर्जा केन्द्रहरू सञ्चालन गर्दछ । यसले हालै राजस्थानको जैसलमेरमा २ हजार १ सय ४० मेगावाटको विन्ड सोलार हाइब्रिड प्लान्ट निर्माण गरेको थियो ।

एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स