काठमाडौं । कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता भएको छ । बैंक र कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार सरकारी निकायहरुबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश हुने छ ।
बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरु अनलाईन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्ने जनाइएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र कार्यालयका कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको उल्लेख गरेको छ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।