काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार चिलिमे हाइड्रोपावर र सानिमा हाइड्रोपावरको गरि कुल १ करोड ३ लाख ४७ हजार ४३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १८० कित्ता सेयर सूचीकृत भएको छ ।
सानिमा हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २५१ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।