निक्षेप संकलनमा सन् राइज बैंक आक्रामक, ८ बैंकको निक्षेप घट्यो

काठमाडौं । पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिमा २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बराबरको कर्जा विस्तार भएको छ ।

२०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ को निक्षेप संकलन गरेका थिए भने पहिलो ३ महिनामा निक्षेप संकलन ६३ अर्ब ७४ करोड रुपैयाँले बढेर ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकहरुले ३७ खर्ब २० अर्ब ६ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । पहिलो ३ महिनामा कर्जा विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पहिलो ३ महिनामा सन् राइज बैंक उच्च निक्षेप संकलन गर्न सफल भएको छ । सन् राइज बैंकले पहिलो ३ महिनामा २१ अर्ब ९० करोड रुपैयाँले निक्षेप बढाएको छ । गत आवको असारमसान्तसम्म सन् राइज बैंकसँग १ खर्ब १० अर्ब १८ करोड रुपैयाँ निक्षेप थियो । असोज मसान्तसम्म उक्त रकम बढेर १ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

असोज महिनामा वाणिज्य बैंकहरुमध्ये सन् राइज बैंकको निक्षेपमा ब्याजदर सबैभन्दा उच्च थियो । सन् राइज बैंकले असोजमा ११.०८ प्रतिशत ब्याजदरसम्म निक्षेप संकलन गरेको थियो । पहिलो ३ महिनाको अवधिमा अन्य बैंकहरुको ब्याजदर ११ प्रतिशत पुगेको थिएन ।

कार्तिक महिनाका लागि सार्वजनिक गरिएको ब्याजदरमा सन् राइजले आफ्नो ब्याजदर घटाए पनि अन्य ३ बैंकले भने ११ प्रतिशतभन्दा माथिको ब्याजदर घोषणा गरेका थिए । कार्तिकका लागि हिमायलन बैंक, लक्ष्मी बैंक र एनआइसी एसिया बैंकले ११ प्रतिशभन्दा माथिको ब्याजदर घोषणा गरेका थिए ।

बैंकहरुले अत्याधिक ब्याजदर रुपमा बढाएको भनेर ब्यापक विरोध हुन थालेपछि राष्ट्र बैंक कार्तिक २ गते ३ बुँदे सर्कुलर जारी गर्दै ब्याजदरमा लगाम कस्न बाध्य भएको थियो । राष्ट्र बैंकको निर्देशनले बैंकहरुले अघिल्लो महिनाको ब्याजदरमा अधिकतम १० प्रतिशत विन्दुले मात्र ब्याजदर बढाउन सक्ने व्यवस्था गर्यो । कार्तिक ३ गते सबै बैंकहरुले आफ्नो ब्याजदर संशोधन गरे ।

गत असारमसान्त पछि १९ बैंकहरुको निक्षेप बढेको बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ । तर ८ बैंकको निक्षेप संकलन घटेको देखिन्छ ।

नेपाल राष्ट्रिय वाणिज्य बैंकको पहिलो ३ महिनामा २४ अर्ब २६ करोडले निक्षेप घटेको देखिन्छ । असारमसान्तसम्म वाणिज्य बैंकसँग २ खर्ब ६६ अर्ब १५ करोड निक्षेप थियो भने असोज मसान्तसम्म उक्त रकम घटेर २ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँमा झरेको छ ।

सेञ्चुरी बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक र राष्ट्र वाणिज्य बैंकको निक्षेप असार मसान्तको तुलनामा घटेको देखिन्छ ।

बैंकहरुको निक्षेप संकलन अवस्था यस्तो छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स