कोका–कोलाले नेपालका फ्रन्टलाइन हिरोहरूलाई कृतज्ञता व्यक्त गर्दै

काठमाडौं । ‘धन्यवाद’ थिमको दशैं अभियानको एक हिस्साको रुपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर–सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन गरेको छ ।

आफ्नो अन–ग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू जस्तै आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्याएको छ ।

कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाढ्दै आइरहेको छ जसमा व्यक्तिगत कोकको बोतल साथै कोका–कोलाको कन्टूर ग्लास समावेश रहेको छ । कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का कार्तिक ८ गते वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नको लागि सहभागी भएका थिए ।

वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्र कुमार बस्नेतले भने, ‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीहरूलाई सेवा प्रदान गथ्र्यौं जसमा हाम्रा नर्स, क्लिनर, वार्डको टीम र डाक्टरहरू सबैले निडर भएर काम गरे र हामीले त्यो संकटलाई जित्यैं । महामारीको अग्रपंक्तिमा रहेका कामदारहरू प्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको छ । यसले हामीलाई अझै यस्तो कार्यमा अघि बढ्न उत्प्रेरण प्रदान गरेको छ । यसका लागि म कोका–कोलालाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

यस अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको छ तर हाम्रो फ्रन्टलाइन कामदारहरूको मदतले गर्दा हामीले सम्भव नहुने चुनौतिहरू पनि पार गर्दै आएका छौं जसले हामीलाई बलियोे बनाएको छ । धन्यवाद अन–ग्राउन्ड एक्टिभेसनमा उनीहरूलाई हाम्रो हार्दिक ‘धन्यवाद’ ज्ञापन गर्नेे एउटा सानो प्रयास हो ।कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको थियो ।

‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स