सरकारले दियो ६ महिनामा ९ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर छुट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुष मसान्तसम्म सरकारले ९ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर छुट दिएको छ । गत आवको सोहि अवधिमा करदाताहरूले २४ अर्ब ५० करोड २८ लाख रुपैयाँ कर छुट पाएका थिए ।
चालु आवको पुष मसान्तसम्म नगरपालिकामा संचालित सहकारी संस्थानहरूले ३ अर्ब २ करोड ७३ ला रुपैयाँ कर छुट पाएका छन् ।

पुष महिनासम्म अनुसूची १ को दफा २ को उपदफा ३ खण्ड (क) अनुसार लाग्ने करको दर अनुसार नगरपालिकामा संचालित सहकारी संस्थाहरूको संख्या ११ हजार ९७० पुगेको छ । नगरपालिकामा संचालित संस्थाहरूको करयोग्य आय १४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ हो । सहकारी संस्थाहरूको सामान्य २५ प्रतिशत कर रहेको छ । सामान्य करको दर अनुसार हुने कर रकम ३ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । सरकारले संचालीत सहकारी संस्थाहरूलाई छुट पछिको दर अनुसार लाग्ने कर रकम ६५ करोड ७१ लाख रुपैयाँ हो ।

त्यसैगरी पुष मसान्तसम्म उपमहानगरपालिका भित्र संचालित सहकारी संस्थाहरूले ३० करोड ३२ लाख रुपैयाँ कर छुट पाएका छन् । उपमहानगरपालिका भित्र संचालित सहकारी संस्थाहरू १ हजार १८७ पुगेको छ । यो अवधिमा संचालित सहकारीहरूको सामान्य करको दर २५ प्रतिशत पुगेको तंथ्याकमा उल्लेख गरिएको छ ।

महानगरिपालिका भित्र संचालित सहकारी संस्थाहरूले समीक्षा अवधिमा ९५ करोड ५९ लाख रुपैयाँ कर छुट पाएका छन् । यो अवधिमा सहकारी संस्थाहरू २ हजार ८१९ वटा पुगेको छ भने सहकारीहरूको सामान्य करदर २५ प्रतिशत रहेको छ । यो अवधिमा ६७ वटा सार्वजनिक गुठी अन्तर्गत संचालित विद्यालयहरूले सरकारबाट ५८ लाख रुपैयाँ कर छुट पाएका छन् ।

त्यसैगरी आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधाहरू अनुसार करदाताहरूले ४ अर्ब ११ करोड ९२ लाख रुपैयाँ कर छुट पाएका हुन् । करदाताहरूको संख्या समीक्षा अवधिमा ८ हजार ७५६ पुगेको छ भने सामान्य करको दर २५ प्रतिशत रहेको छ । यो अवधिमा करदाताहरूको करयोग्य आयस्रोत ३२ अर्ब ३२ करोड ३६ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा करदाताहरूको सामान्य करको दर अनुसार हुने कर रकम ८ अर्ब ८ करोड ९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी करदाताहरूको छुट पछिको दर अनुसार लाग्ने कर रकम ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ हो ।

आयकर ऐन २०५८ को दफा ६४ को उपदफा २ बमोजिम स्वीकृत अवकास कोषले यो अवधिमा १ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ कर छुट पाएका छन् । हाल अवकास कोषको संख्या ४२ पुगेको छ भने कोषको २५ प्रतिशत सामान्य करको दर रहेको छ । कोषको करयोग्य आय रकम ५ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख गरेको छ ।

त्यसैगरी यो अवधिमा कोषको सामान्य करको दर अनुसार हुने कर रकम १ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
आर्थिक ऐन २०८० को दफा २८ को सञ्चार गृहको कारोबारमा क छुट सम्बन्धी विशेष व्यवस्था (आर्थिक वर्ष २०७९/८० को करयोग्य आयमा लाग्ने करमा २५ प्रतिशत छुट भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स