आर्सनल र चेल्सी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । आर्सनल र चेल्सी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति आर्सनलले लिड्स युनाईटेडलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले एक/एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए ।

त्यस्तै, मंगलबार राति भएको अर्को खेलमा साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै चेल्सी अन्तिम आठमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा चेल्सीका मार्कस अलन्सो, कलुम हड्सन ओडोइ, बेन चिलवेल र जेम्स रिसले गोल गरे । मासन माउन्टले भने गोल गर्न सकेनन् ।

साउथह्याम्पटनका एडम आर्म्सट्रङ, शेन लङ र ओरिओल रोमेउले गोल गरे । थियो वालकोट र विलियम स्मलबोनले गोल गर्न सकेनन् ।

त्यसअघि काइ हाभर्ट्जले ४४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएपनि ४७औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले बराबरीमा गोल गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स