काठमाडौं । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आई भी एफ ले आफ्नो ब्राण्ड ऐम्बेस्डर को रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ ।
वात्सल्यको नारायणचौर स्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निस्सन्तान सँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन ।
वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निः सन्तान सम्बन्धि कुण्ठालाई उहाँहरु मार्फत थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन । अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणा का कारण धेरै महिलाहरुको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उहाँको प्राभाव नयाँ पुस्तामा गहिरो रहने तथ्य नकार्न सकिन्न साथै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन ।
यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धि सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनु भन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री कार्कीले जानाएकी छिन्। । यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आई भी एफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता आयुष्मान देशराजले बताए ।