१२ वर्षमा ४.८९ प्रतिशतले घट्यो गरिबी, अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

काठमाडौं । नेपालीको जीवनस्तमा सुधार आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदन अनुसार नेपालीको जीवनस्तरमा आएको सुधारकै कारण गरिबीसमेत घटेको छ ।

पछिल्लो १२ वर्षमा नेपालको गरिबीको दर ४.८९ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ कार्यालयले आज यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत छ ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणले सुधार हुन नसकेको बताए ।

सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ । सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेश (३४.१६), कर्णाली प्रदेशमा (२६.६९), लुम्बिनी प्रदेशमा ( २४. ३५ प्रतिशत) र मधेश प्रदेशमा (२२.५३ प्रतिशत) छ । गण्डकी प्रदेशमा (११.८८ प्रतिशत), बाग्मती प्रदेशमा (१२.५९ प्रतिशत), र कोशी प्रदेशमा ( १७.१९ प्रतिशत) रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स