रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै माघ २३ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयरको मूल्य प्रति कित्ता ८२०.८० रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको सेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको सेयर प्रति कित्ता ८२०.८० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स