नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेको हो ।

सानिगाडको प्रति सेयर १ सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्ने छ । ६ महिनाभित्र सेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स