काठमाडौं । लमजुङ् जिल्लाको दोर्दी गाउँपालीकामा निर्माण भएको १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ असोज १७ गते देखी ब्यबसाईक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडीएको छ।
हाल नेप्सेमा २८ प्रतिशत अर्थात २९ लाख ५१ हजार ९२९ कित्ता सर्वसाधारण सेयर छ भने ७२ प्रतिशत अर्थात ७५ लाख ९० हजार ६७५ कित्ता प्रमोटर सेयर रहेको छ। उक्त प्रमोटर लकिङ अवधी २०२५ ७ १३ पछि मात्र सर्वसाधारण सेयरमा परिवर्तन हुन्छ।हाल दोस्रो बजारमा २९ लाख ५१ हजार ९ सय २९ कित्ता मात्रै कारोबार भैरहेको छ जुन सप्लाईका हिसाबले कमै हो।
कम्पनीको १८० दिनको औषत मूल्य २६०.७३ पैसा रहेको छ भने २० दिने औषत मूल्य ४०२.७४ रुपयाँ रहेको छ। हाल विगत साता ४५६.८० रूपैयाँ मूल्य कायम भएको छ। उक्त साता अवधि भर कम्पनीको मूल्य ३९५ रूपैयाँबाट बढेर ४५६.८० रूपैयाँ अर्थात १५.६५ प्रतिशतले बढेर टेक्निकल ईन्डिकेटरहरु बुलिस चरणमा रहेको देखिन्छ।
आर एस आई ९० बाट खसेर ६०मा सपोट बनाएर पुन फेरि ७५.७९ पुगेको देखिन्छ। जसले करेक्सन समाप्त भएर पुन कम्पनीको मूल्यले अर्को नयाँ माथिल्लो मूल्य कायम हुँदैछ भन्ने जानकारी दिन्छ।जसमा कारोबार भोल्यूमले पनि साथ दिएको छ भने यस कम्पनीको कुल बजार पुँजीकरण ४ अर्ब ८१ करोड ५८ लाख ६१ हजार ५०७ रुपयाँ कायम भएको छ।
चार्ट प्याटनको आधारमा फ्ल्यागप्याटन बनाउँदै हाल मूल्यमा बढोत्तरी देखिएको छ। जसले मूल्य अझै बढ्ने संकेत गर्छ भने आक्रमक खरिद गर्ने ब्रोकरहरुमा एक नम्बरमा नबिल स्टक डिलर ७७, दोस्रोमा क्यापिटल म्याक्स ६२, तेस्रोमा ईम्पेरियल सेक्यूरिटीट ४५ र चौथोमा सुमेरु सेक्यूरिटिज रहेको छ।
त्यसैगरी ६५, ३३, ४२, ३, २१, २९ ब्रोकरहरु बाट निरन्तर खरिद भैरहेको छ। जसलाई बिश्लेषण गर्दा समग्र बजारले नै यस कम्पनीप्रति आक्रसित भएको देखिन्छ। जुन कुनै ब्यक्ति र एक दुई ब्रोकर ले नभएर समग्र बजारले खरिद बिक्रि गरेको देखिन्छ।
विद्धुतनियमन आयोगले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ। आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमती कात्तिक १९ गते दिएको थियो । १२ मेघावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रर्बद्धक दोर्दी खोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० सय रुपैयाँको शतप्रतिशतका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर निष्काशन गर्ने छ। यो वार्षिक साधारण सभाले पारित गरी हकप्रद सेयर निष्काशन प्रयोजन प्रयोजनार्थ सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।
दोर्दीले दुई थप आयोजनाहरु पनि निर्माण कार्य अगाडि बढाएको छ । पहिलो म्याग्दी खोला ए जल विद्युत आयोजना ३० मेगावाटमा २०७९र८० सम्ममा आयोजना निर्माण शुरु हुनु पूर्वको संचालन खर्चहरु ५ करोड २३ लाख २८ हजार ३३ रुपैयाँ खर्च गरेको छ भने दोस्रो सुपर इन्खु खोला जलविद्युत आयोजना २२.१२ मेगावाट आयोजना निर्माण शुरु गरेको छ जसको आयोजना निर्माण शुरु हुनु पूर्वको संचालन खर्चहरु ४ करोड ५० लाख ३३ हजार ९ सय ६० रुपैयाँ रहेको छ ।
कम लगानीमा विद्युत उत्पादन गरेको कम्पनीको जगेडा कोषमा सञ्चित नाफा यस आर्थिक वर्षमा १ करोड ८२ लाख ३५ हजार ८५५.९० रुपैयाँ रहेको छ। जगेडाकोष सञ्चित नाफाको रुपमा रहेको छ।
यस कम्पनीको प्रथम क्रैमासिक विवरण अनुसार प्रतिसेयर आम्दानी १०.१६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०२.८७ रूपैयाँ रहेको छ।