कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई भिगोर क्लिनिकमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त भिगोर सुपर क्लिनिकमा बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स