साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

काठमाडौं । साइमेक्स इंक प्रालि, बीवाईडी अटो इन्डष्ट्री कम्पनी लि. को नेपालका लागि आधिकारिक वितरक,‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको छ । चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेल कार्यक्रम आगामी फेब्रुअरी १० का दिन दशरथ रंगशालामा आयोजना हुन गइरहेको छ ।

स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउछ । संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ ।

करिव २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ । बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबीचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने छ ।

यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबीचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने कम्पनीले जनाएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

यस प्रकारको महत्वपूर्ण इभेन्टलाई सफल बनाउन समर्पित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद लगायतका आयोजकप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ । त्यसैगरी यसको सफलताको लागि महत्वपूर्ण भूमिका खेल्ने सह–आयोजकहरु Nepal Overseas Chinese Association, अखिल नेपाल फुटबल संघ (एन्फा) र ऋजष्लभकभ Chinese Enterprises Association in Nepal (CEAN) प्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले बीवाईडी चाइनिज न्यु इयर कपमा सहभागी हुन सबै फुटबल प्रेमी र अन्यलाई आमन्त्रण गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स