८८ प्रतिशतले बढ्यो साधान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समक्षा अवधिमा बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै बढेको छ ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८९.२७ प्रतिशत बढेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफाको वृद्धिदर धेरै देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १८ प्रतिशत बढेको छ भने जगेडा कोष १०६.८९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ४८.५८ प्रतिशत र निक्षेप ७१.३३ प्रतिशत बढेको छ भने कर्जा ६९.९५ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८ पैसाबाट १९ रुपैयाँ १४ पैसा बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स