काठमाडौं । चालु आवको दोस्रो त्रैमास पुष मसान्तसम्म बीमाको दायरामा आउने जनसंख्या ४३.०५ प्रतिशतमा सीमित भएका छन् । १ वर्षको अवधिमा बीमा दायरा आउने जनसंख्या १.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सो अवधिमा बीमा गर्ने जनसंख्या ४४.२५ प्रतिशत थिए । देशमा आर्थिक मन्दी गहिरिदै गएपछि यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा परेको छ ।
१ वर्षको अवधिमा बीमा गर्ने जनसंख्या घटेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । बीमा प्राधिकरणले जनसंख्यामा बीमाको पहुँच राष्ट्रिय तथ्यांक कार्यालयले गरेको वृद्धिदर अनुसार गरेको जनाएको छ ।
देशमा आर्थिक मन्दी पछि पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको छ । सोही कारण बीमा गर्ने जनसंख्या घटेका हुन् । जीवन बीमा कम्पनीहरुमा दोस्रो त्रैमासको अवधिसम्ममा ५३ हजार बीमितले साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार दोसो त्रैमासको अवधिसम्माम ५३ हजार ११३६ जना बीमितले ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका हुन् ।
त्यसैगरी जीवन बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आवको सोहि अवधि पुष मसान्तसम्म कम्पनीहरूको यस्तो बीमा शुल्क ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । अघिल्लो आवको यो अवधिमा बीमा व्यापार गर्ने कम्पनीहरूको व्यवसाय २.१० प्रतिशतले वृद्धि भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आवको पुष मसान्तसम्म जीवन बीमा व्यापार गर्ने बीमा कम्पनीहरूको व्यवसाय ३.५८ प्रतिशत वृद्धि भएको छ । जीवन बीमा व्यवसाय गर्ने बीमक (कम्पनी)हरूले १ करोड ३७ लाख ५५ हजार ३९६ पोलिसी जारी गरेर ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आवको समीक्षा अवधिमा बीमा कम्पनीहरूको यस्तो बीमा शुल्क ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो । यो अवधिमा कम्पनीहरूको जीवन बीमा पोलिसी २.५१ प्रतिशतले घटेको छ ।
त्यसैगरी निजीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको व्यापार ३.१९ प्रतिशत वृद्धिदर छ । निजीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले यो अवधिमा १४ लाख ४१ हजार ४४९ पोलिसी जारी गरेर १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा कम्पनीहरूको यस्तो बीमा शुल्क २० अर्ब ८ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूको बीमा पोलिसी भने ३.३३ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको प्रथम बीमाबाट १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आवको सोहि अवधिमा कम्पनीहरूको यस्तो प्रथम बीमा शुल्क १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ थियो । गत आवको समिक्षा अवधिको तुलनामा कम्पनीहरूको प्रथम बीमा व्यवसाय २.५५ प्रतिशतले वृद्धिदर कम हो ।
त्यस्तै पुष मसान्तसम्म नवीकरण जीवन बीमा शुल्कबाट ५.१० प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको पुष मसान्तसम्म ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले चालु आवको यो अवधिमा ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
पुष मसान्तसम्म (म्यादि, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) ५४ लाख ९६ हजार ४५७ पोलिसी जारी गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीहरूको ५५ आख १ हजार ५७० पोलिसी थियो । कम्पनीहरूको बीमा पोलिसी ०.०९ प्रतिशतले वृद्धिदर घटेको हो । त्यसैगरी म्यादी र लघु म्यादि जीवन बीमालेख पोलिसी १३.२५ प्रतिशतले घटेको छ । पुष मसान्तसम्म कम्पनीहरूको ६३ लाख ४३ हजार ९८९ पोलिसी जारी भएको छ । गत आवको सोहि अवधिमा ७३ लाख १३ हजार १२१ पोलिसी जारी गरेका थिए ।
त्यसैगरी यो अवधिमा वैदेशिक रोजगारमा बीमा कम्पनीहरूले १९ लाख १४ हजार ९५० पोलिसी जारी गरेको छ । कम्पनीहरूको वैदेशिक रोजगार बीमा व्यवसाय ४७.९३ प्रतिशतले वृद्धि भएको हो ।
यो अवधिमा विभिन्न बीमा व्यवसाय गर्ने २ हजार ८६८ कम्पनीहरू रहेका छन् । जसमध्ये जीवन बीमा व्यापार गर्ने १ हजार ८१८ वटा कम्पनी रहेको छ भने निजीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १ हजार ४० पुगेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी सोहि अवधिमा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको ५ हजार ८१८ कर्मचारी छ भने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको ५ हजार ६८० जान कर्मचार रहेको छ । जीवन बीमा र निजीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको जम्म कर्मचारी ११ हजार ४९८ जना रहेको छ ।
अघिल्लो आवको सोहि अवधिमा कम्पनीहरूको कर्मचारी संख्या ११ हजार ६७१ रहेको थियो । गत आवको समिक्षा अवधिमा कम्पनीहरूको कर्मचारी संख्या १.४८ प्रतिशतले कम भएको हो । बीमाको दायरामा आएको जनसंख्या प्रतिशतमा (म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) पुष मसान्तसम्म १७.०८ पुगेको छ। त्यस्तै बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादि र लघु म्यादि जीवन बीमालेख सहित) ३६.७८ पुगेको छ ।