१० ब्रोकर कम्पनीहरूले गरे १ अर्ब ४२ करोडको सेयर कारोबार, कसको कति ?

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार, नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंक विन्दुमा आइपुगेको छ । आज ९१ लाख ७१ हजार कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाखमा खरिद बिक्री भएको छ । कुल सेयर कारोबार मध्ये १० ब्रोकर कम्पनीहरूले मात्रै ४४.२६ प्रतिशत सेयर कारोबार गरेको हो ।

आज सेयर कारोबार गर्ने ८६ कम्पनीहरू मध्ये १० कम्पनीहरूको मात्रै १ अर्ब ४२ करोड १९ लाख ४० हजार रुपैयाँको सेयर कारोबार गरेको छ ।

आज नासा सेक्युरिटिज्ले ३३ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले आज १६ करोड ८५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १६ करोड ६१ लाख रुपैयाँको सेयर बिक्री रहेको छ ।

बढि सेयर कारोबार गर्ने सानी सेक्युरिटिज्ले १३ करोड ४३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १५ करोड ८ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको २८ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी दिपशिखा धितोपत्र खबरले २५ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले ११ करोड १६ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १४ करोड ८० लाख रुपैयाँको सेयर बिक्री भएको छ ।

आज इम्पेरियल सेक्युरिटिज्ले २४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १२ करोड ७७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १२ करोड ९० लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

बढि सेयर कारोबार गर्ने भिजन सेक्युरिटिज्ले १२ करोड ४० लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १२ करोड ४६ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको २४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अनलाइन सेक्युरिटिज्को १९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ३६ लाख रुपैयाँको सेयर खरिद भएको छ भने ८ करोड ५० लाख रुपैयाँको सेयर बिक्री भएको हो ।

बढि सेयर कारोबार गर्ने डाइनामिक मनी म्यनेजर सेक्युरिटिज्ले ९ करोड ४८ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड ९६ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीले १९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

त्यसैगरी आज आर्यतारा इन्भेष्टमेण्ट सेक्युरिटिज्ले १८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले ९ करोड ६७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड ११ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।

कोहिनूर इन्भेष्टमेण्ट सेक्युरिटिज्को १७ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कम्पनीले ७ करोड ८१ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

त्यसैगरी दक्षिणकाली इन्भेष्टमेण्ट सेक्युरिटिज्ले ९ करोड १३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ७ करोड ७७ लाख रुपैयाँको सेयर बिक्री भएको छ । आज कम्पनीको १६ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स