काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज ९१ लाख ७१ हजार कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, चन्द्रागिरी हिल्स्को ८ करोड ५९ लाख, अपी पावरको ७ करोड ३२ लाख, ङादी ग्रुपको ६ करोड ९७ लाख, एनआरएनको ५ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।