१० ब्रोकर कम्पनीहरूले गरे ६१ करोड २० लाखको सेयर कारोबार, सबैभन्दा बढी कसको ?

काठमाडौं । सेयर बजारको उकालो यात्रा बुधबार पनि कायमै रहेको छ । आज नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको छ ।

आज ३ सय १३ कम्पनीका ७७ लाख ३२ हजार २३४ कित्ता सेयर ६५ हजार ४६३ पटक खरिद बिक्री हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ बराबरको कारोबार भएको छ ।

आज बढि सेयर कारोबार गरी टपमा आएको १० ब्रोकर कम्पनीहरूले ६१ करोड २० लाख ८१ हजार रुपैयाँको सेयर कारोबार गरेका छन् ।

जस मध्ये सबै भन्दा बढि नासा सेक्युरिटिजले गरेको छ । कम्पनीको ३२ करोड ८९ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले १५ करोड ४८ लाख २३ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १७ करोड ४१ लाख २९ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।

आज बढि सेयर कारोबार गर्ने दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज रहेको छ । कम्पनीले १३ करोड ५२ लाख ४७ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १२ करोड ४५ लाख १४ हजार रुपैयाँको सेयर बिक्री गरेको हो । कम्पनीको २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी बढि सेयर कारोबार गर्ने तेस्रो नम्बरमा डाइनामिक मनी म्यनेजर सेक्युरिटिज्को २४ करोड ७५ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज १२ करोड ५४ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १२ करोड २० लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

आज भिजन सेक्युरिटिज्ले १३ करोड २७ लाख ५१ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १० करोड १७ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको २३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

हिजो मंगलबार बढि सेयर कारोबार गरि पहिलो नम्बरमा रहेको सानी सेक्युरिटिज आज पाँचौ नम्बरमा रहेको छ । आज कम्पनीले २० करोड ३९ लाख ३० हजार रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले १० करोड ५७ लाख ८८ हजारको सेयर खरिद गरेको छ भने ९ करोड ८१ लाख ४२ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।

बढि सेयर कारोबार गर्ने कम्पनी आर्यतारा इन्भेष्टमेण्ट सेक्युरिटिज्ले १९ करोड ३९ लाख २७ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले आज १० करोड ५५ लाख ९५ हजारको सेयर खरिद गरेको छ भने ८ करोड ८३ लाख ३२ हजार रुपैयाँको सेयर बिक्री भएको छ ।

त्यस्तै आज अनलाइन सेक्युरिटिज्ले १० करोड ४२ लाख ७५ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने ७ करोड ९३ लाख ७२ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीको १८ करोड ३६ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बढि सेयर कारोबार गर्ने कोहिनूर इन्भेष्टमेण्ट सेक्युरिटिज्को १७ करोड ३८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज ९ करोड ३२ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड ६ लाख ३५ हजार रुपैयाँको मात्रै सेयर बिक्री गरेको हो ।

दिपशिखा धितोपत्र खबरले ६ करोड ७० लाख ४४ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने कम्पनीले ७ करोड ६२ लाख ५६ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । कम्पनीको आज १४ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

श्री कृष्ण सेक्युरिटिज्ले ४ करोड ६४ लाख ७९ हजार रुपैयाँको सेयर खरिद गरको छ भने ८ करोड १३ लाख २९ हजार रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीले १२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार गरेर बढि सेयर कारोबार गर्ने टप टेनमा परेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स