करिब ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौंथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७७ लाख ३२ हजार कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल इन्स्योरेन्सको ६ करोड ६२ लाख, ङादी ग्रुपको ६ करोड ५९ लाख, हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख, सोनापुर मिनरल्स्को ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स