नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड ७७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलानामा १२.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्क १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ रहेको छ। यो गत वर्षको तुलनामा ७.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ६ अर्ब ५४ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.८८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ थियो।

अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल खर्च बढेको छ। कम्पनीको खर्च २७ अर्ब २९ करोड ५९ लाख रहेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च २४ अर्ब ८८ करोड ३० लाख रुपैयाँ थियो। कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ, पीई अनुपात ६२.८६ गुणा र प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स