बैंकको १ करोड ८० लाख हिनामिना गर्ने खरेल पक्राउ

काठमाडौं । सिन्धु विकास बैंकको १ करोड ८० लाख हिनामिना गर्ने एक कर्मचारी पक्राउ परेका छन् । बैंकको काभ्रे दोलालघाट शाखामा काम गर्ने ३१ वर्षिय सुमन खरेल बैकिंङ कसुर मुद्धामा पक्राउ परेका हुन् ।

उनले बैंकले दैनिक रुपमा सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको एनसिसि बैंकमा दैनिक राख्ने रुकमलाई हिनामिना गरेको पाइएको छ ।

सोमबार पक्राउ परेका उनलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी बैकिंङ कसुर तथा सजाय ऐन बमोजिम कारवाही भइरहेको केन्द्रिय अनुसन्धान व्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स