१० ब्रोकर कम्पनीको सेयर कारोबार १ अर्ब ४१ करोड, कसको कति ?

काठमाडौं । सेयर कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.४४ अङले बढेर दुई हजार ८५.७१ बिन्दुमा कायम भएको छ ।
आज ३ सय १५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर ६६ हजार ५५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बढि सेयर कारोबार गर्ने १० ब्रोकर कम्पनीहरूको मात्रै १ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १० आज सबै भन्दा बढि सेयर कारोबार सानी सेक्युरिटिज्जे गरेको छ । कम्पनीले आज ३२ करोड ८० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । बढि सेयर कारोबार गर्ने सो कम्पनीले १८ करोड २६ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १४ करोड ५३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

बढि सेयर कारोबार गर्ने दोस्रो नम्बरमा नासा सेक्युरिटिज्ले २९ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले आज १५ करोड ८ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने १४ कराड ७६ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

त्यसैगरी बढि सेयर कारोबार गर्ने इम्पेरियल सेक्यरिटिज्ले १० करोड ३५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । आज कम्पनीले १६ करोड ३६ लाख रुपैयाँको सेयर बिक्री गरेर २६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

आज अनलाइन सेक्युरिटिज्ले १६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले ८ करोड ५० हजार रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड ४८ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

त्यस्तै बढि सेयर कारोबार गर्ने भिजन सेक्युरिटिज्ले ७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद गरेको छ । कम्पनीले ७ करोड ५ लाख रुपैयाँको सेयर बिक्री गरेर १४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।

दिपशिखा धितोपत्र खबरले १३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले ५ करोड ६२ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड २७ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

बढि सेयर कारोबार गर्ने आर्यतार इन्भेष्टमेण्ट सेक्युरिटिज्ले ६ करोड ५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । कम्पनीले आज ६ करोड ६९ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको १२ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज नेपाल स्टक हाउसको ११ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कम्पनीले ७ करोड ५७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ४ करोड ११ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

कोहिनूर इन्भेष्टमेण्ट सेक्युरिटिज्ले ११ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले ५ करोड २५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने कम्पनीले ६ करोड २१ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

आज बढि सेयर कारोबार गर्ने डाइनामिक मनी म्यनेजर सेक्युरिटिज्ले ६ करोड २५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ५ करोड १८ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको ११ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स