समाज लघुवित्तमा लाग्यो सकरात्मक सर्किट, कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो र घट्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ७.६३ अंकले बढेर २०८३.९० अंक विन्दुमा आइपुगेको छ ।

आज ७६ लाख २४ हजार कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तको सेयरमूल्यमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको ९.४२%, युनाइटेड अजोड इन्स्योरेन्सको ७.४०%, दोर्दी खोला जलविद्युतको ६.९६%, लक्ष्मी उन्नति कोषको ६.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, साम्लिङ पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । नेपाल टेलिकमको ५.१०% , सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.७१%, सानिमा ग्रोथ फण्डको ३.२६%, मिड सोलु हाइड्रोपावरको २.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स