महिन्द्राको ट्रियो नामक इलेक्ट्रिक थ्री व्हिलर अटो सार्वजनिक

काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम-आइओन संचालित इलेक्ट्रिक थ्री व्हिलर अटो सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आज (मंगलबार) इलेक्ट्रिक थ्री व्हिलर अटो सार्वजनिक गरेकी हुन्।

कम्पनीले ुसफ्ट टपु भेरियन्टको मूल्य ८,४०,००० तोकेको छ। कम्पनीका अनुसार यो अटो पूर्ण निर्माण युनिट (सिबियु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेगनुरुस्थित फ्याक्ट्रीमा निर्माण भइरहेको छ ।

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा अटो वितरण गर्ने तयारीको लागि बुकिड सुरु भएको कम्पनीले जनाएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनजीले नेपालमा यो अटो बिक्री गर्नेछ । पेट्रोल अटोको तुलनामा यसबाट वार्षिक २ लाख बचत गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख अर्यकारी अधिकृत सुमन मिश्रले भने ुनेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । महिन्द्रा एन्ड महिन्द्राका लागि ुलास्ट माइन मोबिलिटीका उत्पादनहरू केन्द्रीत क्षेत्र हो र यो अटो स्थायित्वसंग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसंगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।ु

जस्तोसके कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछादि लिफ स्पिडको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स