रिलायबल नेपाल लाइफको खुद नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ । त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.७९ प्रतिशत र कुल खर्च १३.६८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा रहेको छ ।

४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स